Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

धनकुटाको सिधुवा बजारमा लागेको आगो नियन्त्रण बाहिर, निभाउने प्रयास जारी

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं ६ सिधुवा बजारमा भीषण आगलागी भएको छ ।

आगलागी नियन्त्रण बाहिर रहेको र धनकुटा नगरपालिकाका साथै लालीगुराँश नगरपालिकाका दमकल मगाइएको छ ।

छथर जोरपाटी वडा नं ६ का अध्यक्ष दिपक गुरुङका अनुसार दमकल आउँदै छन् । आगलागीबाट ३ घर जलेर पूरै क्षति भएको र बजारका अन्य घर जोखिममा रहेको उनले बताए ।

बस्तीको बीचमा आगलागी भएकाले आगो फैलिन नदिने गरी नियन्त्रणमा लिने प्रयास भइरहेको भए पनि ग्यास सिलिन्डर पड्केका कारण समस्या भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077