Jul 18 2026 | २०८३, श्रावण २ गते

18 Jul 2026 | शनिवार, श्रावण २ गते २०८३

शनिवार, श्रावण २ गते २०८३
images
images

विश्वकप विजेता अर्जेन्टिनालाई फिफाले गर्‍यो कारबाही

एजेन्सी । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले कतारमा हालै सम्पन्न विश्वकपको विजेता अर्जेन्टिनालाई कारबाही गर्ने भएको छ ।

विश्वकप फाइनलका क्रममा अर्जेन्टिनाले देखाएको अपमानजनक व्यवहार र फेयर प्लेको नियम उल्लघंन गरेको आरोपमा अनुशासनको कारबाही गर्ने विश्व फुटबलको सर्वोच्च निकाय फिफाले घोषणा गरेको हो ।

फिफाले अर्जेन्टिनाले केही खेलाडी र अधिकारीहरुले दुर्व्यवहार गरेको उल्लेख छ । अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै ३६ वर्षपछि विश्वकपको उपाधि जितेको थियो ।

फिफाले अर्जेन्टिनी फुटबल संघले विश्वकपको समयमा मिडिया र मार्केटिङका नियम पनि उल्लंघन गरेको आरोप लगाएको छ । फिफाले कारबाही गर्ने घोषणा गरे पनि टोलीका कुन सदस्यलाई कुन अपराधमा भन्ने कुरा प्रस्टाएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077