Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गगन थापा भन्छन् - नेपालको राजनीति तीन पूर्वप्रधानमन्त्रीको अखडा जस्‍तो भयो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तीन जना पूर्वप्रधानमन्त्रीहरूले राजनीतिलाई आफ्नो अखडा बनाएको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित किताब बिमोचन कार्यक्रममा उनले पूर्वप्रधानमन्त्रीहरूले राजनीतिको अखडा बनाएको भन्दै टिप्पणी गरेका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र केपी शर्मा ओलीप्रति लक्षित गर्दै टिप्पणी गरेका हुन्।

‘नेपालको राजनीति कस्तो भयो भने तीन जना भूतपूर्व प्रधानमन्त्रीहरूको अखडा जस्तो भयो। कुन चाँहि भूतपूर्व प्रधानमन्त्रीले कुन चाँहि भूतपूर्व प्रधानमन्त्रीलाई झुकाउनुभयो ,’ उनले भने, ‘आइतबार फलानोले झुक्याउनु भयो। सोमबार अर्कोले ठहरै पार्नुभयो।’

गत मंसिर ४ पछि तीन नेताले एकले अर्कालाई छक्याउने, ढाल्ने कुरामा मात्रै केन्द्रित भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077