Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गण्डकी प्रदेश सभामुख कृष्णप्रसाद धितालले लिए शपथ

कास्की । गण्डकी प्रदेशका सभामुखमा कृष्णप्रसाद धितालले शपथ लिएका छन् ।

प्रदेशसभाबाट शनिबार दिउँसो निर्वाचित सभामुख धिताललाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आफ्नै निवास सिमलचौरमा एक कार्यक्रमका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

शपथ ग्रहण कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, मन्त्रीहरू, प्रतिपक्षी दलका नेता तथा गण्डकी क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद लगायतको उपस्थिति रहेको थियो। सभामुखमा निर्वाचित धिताल गोरखा १ (१) बाट निर्वाचित सांसद हुन्।

शनिबार सम्पन्न निर्वाचनमा सभामुख धितालले ३२ मत प्राप्त गरेका थिए भने उनको विपक्षमा २६ मत खसेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077