Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

इजरायली आक्रमणमा परी दुई प्यालेष्टिनीको मृत्यु

एजेन्सी । इजरायली सेनासँगको झडपमा शनिबार बिहान दुई प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी अधिकारीले बताएका छन्।

प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘उत्तरी पश्चिमी किनाराशहर जेनिनको दक्षिणमा रहेको एक गाउँमा इजरायली सेनासँगको झडपमा दुई प्यालेस्टिनीको मृत्यु भएको छ।’

इजरायली सेनासँग जाबा गाउँको प्रवेशद्वारमा भएको झडपमा २४ वर्षीय इजदीन हमामरेह र २३ वर्षीय अमजद खलैलेहको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ। घटनाबारे थप विवरण दिइएको छैन ।

यद्यपि प्यालेस्टाइनी सुरक्षा स्रोतका अनुसार इजरायली सेनाले एउटा गाडीमा गोली चलाउँदा कारमा सवार दुई युवकको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077