काठमाडौं । साप्ताहिक कारोबारको दोस्रो दिन आज (सोमबार) नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार २ सय रूपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार सात सय छ ।
यसअघि आइतबार भने सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले बढेको थियो। आइतबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार र तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।
यता, सोमबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १४ सय रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ १३ सय ९० रुपैयाँ कायम रहेको थियो ।