Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • पोखरा विमान दुर्घटनामा शव भेट्न बाँकी चारै जना बालबालिका

    पोखरा विमान दुर्घटनामा शव भेट्न बाँकी चारै जना बालबालिका

    अनलाइन नेपाल
  • सोमबार, २ माघ २०७९
  • 567
    SHARES

    काठमाडौं। पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा भेट्न बाँकी शव चारै जना बालबालिको रहेको खुलेको छ ।

    चार जना चालक दलका सदस्यसहित विमानमा सवार ७२ जनामध्ये हालसम्म भेटिएका सबै ६८ जना मृत घोषणा भइसकेका छन्।



    उक्त विमानमा दुई वर्षभन्दा मुनिका तीनसहित ६ जना बालबालिका रहेका थिए। हालसम्म बच्चाको जस्तो देखिने एउटा मात्र शव भेटिएको छ ।



    ६८ जनाको शव आइतबार नै रिकभर भएको थियो। शसस्त्र प्रहरी बलको गोताखोर टोलीले बाँकीको खोजी गरिरहेपनि फेला पर्न सकेका छैनन्।

    फेला परेका शवलाई गण्डकी प्रादेशिक अस्पतालमा राखिएको छ। काठमाडौंबाट दुई जना फरेन्सिक चिकित्सकको टोलीलाई सोमबार पोखरा पठाइँदै छ।

    उनीहरुले फेला परेका शवलाई कसरी पहिचान र हस्तान्तरण गर्ने भन्ने निर्णय गर्ने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार