Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • दुर्घटनाग्रस्त यती एयरलाइन्सको ब्ल्याक बक्स परीक्षणका लागि आज सिंगापुर लगिने

    दुर्घटनाग्रस्त यती एयरलाइन्सको ब्ल्याक बक्स परीक्षणका लागि आज सिंगापुर लगिने

    अनलाइन नेपाल
  • शुक्रबार, १३ माघ २०७९
  • 486
    SHARES

    काठमाडौं । पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको ‘ब्ल्याक बक्स’ अनुसन्धानका लागि सिंगापुर लगिने भएको छ ।

    चालक दलका सदस्यसहित ७२ जनाको ज्यान गएको उक्त विमान दुर्घटनाको कारण पत्ता लगाउन ब्ल्याक बक्स शुक्रबार सिंगापुर लान लागिएको हो ।



    दुर्घटनास्थलबाट प्राप्त फ्लाइड डेटा रेकर्डर र ककपिट भोइस रेकर्डर दुवैको परीक्षण सिंगापुरको ट्रान्स्पोर्टेसन सेफ्टी इन्भेस्टिगेसन ब्युरोका विज्ञहरुले गर्नेछन्।



    सुरुमा ब्ल्याक बक्स फ्रान्स लगिने बताइएको थियो। किनभने सो एटीआर ७२ विमान फ्रान्समै बनेको हो। तर, प्राधिकरणले अहिले सिंगापुर पठाउने तयारी गरेको हो।

    हवाई दुर्घटना जाँच तथा हवाई क्षमता अभिवृद्वि सम्बन्धमा सिङ्गापुर, बेलायत र फ्रान्ससँग नेपालको सम्झौता रहेकाले परीक्षण निःशुल्क हुने जनाइएको छ ।

    सो दुर्घटनाको छानबिन गर्न गठित टोलीले पनि काम गरिरहेको छ।

    माघ १ मा विमानस्थलनजिकै पुगेको विमान सेती खोँचमा खस्दा ७२ जनाको ज्यान गएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार