Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • रनवेमा श्री एयरको जहाज रोकिएपछि यतीको जहाज काठमाडौं फिर्ता

    रनवेमा श्री एयरको जहाज रोकिएपछि यतीको जहाज काठमाडौं फिर्ता

    अनलाइन नेपाल
  • सोमबार, २५ बैशाख २०८०
  • 618
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको यती एयरलाइन्सको विमानमा समस्या देखिएपछि पुन:काठमाडौं फर्काइएको छ ।

    भैरहवा विमानस्थलको रनवेमा आकस्मिक अवतरण गरिएको श्री एयरलाइन्सको जहाज रोकिएपछि यतीको जहाज भैरहवा अवतरण गर्न नसकेर काठमाडौं फर्किएको हो।



    श्री एयरलाइन्सको जहाज रनवेमा रोकिएपछि केही बेर विमानस्थल बन्द हुँदा यतीको जहाज काठमाडौं डाइभर्ट भएको थियो ।



    भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको थियो।

    उडेको १८ मिनेटमै पुन: भैरहवा विमानस्थलमै अवतरण गरिएको थियो। आकाशमा उडिरहेको जहाजमा प्राविधिक समस्या देखिएपछि जहाज भैरहवा फर्काइएको थियो।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार