Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • यती एयरलाइन्स दुर्घटना जाँच आयोगको प्रारम्भिक रिपोर्ट सार्वजनिक

    यती एयरलाइन्स दुर्घटना जाँच आयोगको प्रारम्भिक रिपोर्ट सार्वजनिक

    'अवतरण गर्न खोज्दा पंखाको एंगल मिलेन'

    अनलाइन नेपाल
  • सोमबार, २३ माघ २०७९
  • 555
    SHARES

    काठमाडौं । यती एयरलाइन्सको दुर्घटना बारेमा जाँचबुझ गर्न गठन भएको दुर्घटना जाँच आयोगले पहिलो रिपोर्ट सार्वजनिक गरेको छ । चालक दलका सदस्यसहित ७२ जनाले ज्यान गुमाएको उक्त दुर्घटनाको फ्‍लाइट डाटा रेकर्ड र ककपिट भ्वाइस डाटा रेकर्डहरुको विश्लेषण सार्वजनिक गरेको हो ।

    यही माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटिआर जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पश्चिमतर्फ (रनवे–१२) बाट अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो ।



    उक्त दुर्घटनाको छानबिन गर्न सरकारले गठन गरेको दुर्घटना जाँच आयोगले सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्युरोमा फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर डाटा विश्लेषण गरेको थियो ।



    सरकारले पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको नेतृत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको थियो । उक्त जहाजको दुवै इन्जिन प्रोपेलर फेदर किन गयो भनी प्राविधिक र मानवीय पक्षबारे थप अनुसन्धान अगाडि बढाइसकेको जाँच आयोगको प्रतिवेदनमा भनिएको छ।

    आयोगले अन्तिम प्रतिवेदन पेस गर्न समय लाग्ने बताएकको छ। विज्ञसहितको विश्लेषण र अनुसन्धानबाट दुर्घटनाग्रस्त जहाज अवतरण गर्ने क्रममा ‘बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरू फेदर’मा गएको देखिएको छ । उक्त जहाजका दुवै इन्जिन प्रोपेलर फेदरमा किन गयो भनी आयोगले प्राविधिक र मानवीय पक्षहरूको थप अनुसन्धान अगाडि बढाइसकेको आयोगका सदस्यसचिव बुद्धिसागर लामिछाने बताए ।

    आयोगले अन्तिम प्रतिवेदन पेस गर्न समय लाग्ने भएकाले हालसम्म प्राप्त सूचना र तथ्यांकको विश्लेषण र अनुसन्धानका आधारमा हवाई सुरक्षामा थप सुरक्षा अभिवृद्धि गर्न सिफारिससहित प्रारम्भिक प्रतिवेदन ल्याउने तयारीसमेत गरेको आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार