Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • प्रारम्भिक प्रतिवेदन

    यती जहाज दुर्घटना : रनवे १२ को अध्ययन गर्न आयोगको सुझाव

    यती जहाज दुर्घटना : रनवे १२ को अध्ययन गर्न आयोगको सुझाव

    अनलाइन नेपाल
  • बुधबार, ३ फाल्गुन २०७९
  • 561
    SHARES

    काठमाडौं । पोखरामा माघ १ गते भएको यती एयरलाइन्सको विमान दुर्घटना जाँच आयोगले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । दुर्घटना जाँच आयोगले बुधबार वेबसाइटमार्फत प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको हो ।

    आयोगले रनवे १२ बाट अवतरण गर्ने क्रममा जहाज दुर्घटना भएकाले थप अध्ययन गर्न सुझाव दिएको छ । यस्तै प्रारम्भिक प्रतिवेदनमा उल्लेख भएअनुसार दुर्घटनाको १४ सेकेण्ड अघिमात्र पाइलट अञ्जु खतिवडाबाट कमाण्ड प्रशिक्षक पाइलट कमल केसीले लिएका थिए ।



    जहाज १० बजेर ५७ मिनेट ३२ सेकेन्डमा सेती खोँचमा खसेको थियो । त्यसको १४ सेकेन्ड अगाडि को–पाइलटको सिटमा रहेका प्रशिक्षक पाइलट केसीले जहाजको कन्ट्रोल लिएको प्रतिवेदनमा देखिएको छ । त्यसबेला जहाजमा खतरा जनाउने संकेत देखिइसकेको दुर्घटना जाँच आयोगको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।



    आयोगले दुर्घटनाका तीनवटा कारण हुन बताएको छ । जहाजका दुवै प्रोपेलर फेदरमा गएको अवस्था, मानवीय कारण र भिजुअल एप्रोच प्रोसिजर्सको विषयमा थप अध्ययन गर्नुपर्ने निष्कर्ष आयोगको छ ।

    प्रारम्भिक प्रतिवेदनमा आयोगले नागरिक उड्डयन प्राधिकरणलाई उपयुक्त उडान मार्ग निश्चित गर्न विस्तृत अध्ययन गर्न पनि भनेको छ । यो नेपालको आन्तरिक हवाई उडानको इतिहासमै सबैभन्दा भयानक दुर्घटना थियो । जसमा ७२ जनाको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार