Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • पोखरा विमान दुर्घटनामा मृत्यु भएका १४ जनाको अझै शव पहिचान भएन

    पोखरा विमान दुर्घटनामा मृत्यु भएका १४ जनाको अझै शव पहिचान भएन

    अनलाइन नेपाल
  • आइतबार, ८ माघ २०७९
  • 483
    SHARES

    काठमाडौं । पोखरा विमान दुर्घटनामा मृत्यु भएकामध्ये अझै १४ जनाको शव पहिचान हुन बाँकी सकेको छैन। शव अत्यधिक जलेका कारण फरेन्सिक विधिबाट शव पहिचान हुन समस्या भएको हो ।

    काठमाडौं ल्याएकामध्ये १४ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागले जनाएको छ ।



    फरेन्सिक विधिबाट शव पहिचान गर्न नसकेमा ‘डिएनए’ परीक्षणबाट पहिचान गरिने छ । नेपाल प्रहरीको प्रयोगशालामा ती शवको डिएनए परीक्षण गरिने विभागले जनाएको छ । फरेन्सिक जाँचका लागि काठमाडौं ४८ शव ल्याइएको थियो ।



    यस्तै पोखरामा २२ जनाको फरेन्सिक जाँच गरिएको छ । यही माघ १ गते काठमाडौंबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोँचमा दुर्घटना भएको थियो । दुर्घटनामा चार चालक दलका सदस्यसहित ७२ जनाको निधन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार