Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • पोखरा यती एयर दुर्घटना : ६ जनाको शव ‘डीएनए’बाट पहिचान गरिने

    पोखरा यती एयर दुर्घटना : ६ जनाको शव ‘डीएनए’बाट पहिचान गरिने

    अनलाइन नेपाल
  • बुधबार, ११ माघ २०७९
  • 525
    SHARES

    काठमाडौं । पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको शव पहिचान हुन बाँकी रहेको छ ।

    काठमाडौं ल्याइएका ४८ मध्ये ६ जनाको शव पहिचान हुन बाँकी रहेको हो ।



    छ जनाको शव अब ‘डीएनए’ परीक्षणबाट पहिचान गरिने त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले जनाएको छ ।



    नेपाल प्रहरीको प्रयोगशालामा शवको ‘डीएनए’ परीक्षण गरिने छ । यो विधीबाट शव पहिचान गर्न कम्तीमा २२ दिन लाग्ने छ ।

    विमान दुर्घटनाका ४८ शव फरेन्सिक जाँचका लागि काठमाडौँ ल्याइएको थियो भने पोखरामा २२ शवको जाँच गरिएको थियो ।

    गत माघ १ गते काठमाडौँबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोँचमा दुर्घटना हुँदा जहाजमा सवार ७२ जनाको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार