Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • पोखरा विमान दुर्घटना : ६८ शव फेला, ३५ जनाको सनाखत

    पोखरा विमान दुर्घटना : ६८ शव फेला, ३५ जनाको सनाखत

    अनलाइन नेपाल
  • सोमबार, २ माघ २०७९
  • 513
    SHARES

    कास्की । आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेकामध्ये ६८ जनाको शव फेला परेको छ ।

    फेला परेका ६३ शवमध्ये ३५ जनाको पहिचान खुलेको छ । कास्की प्रहरीका अनुसार आइतबार ६३ शव भेटिएकोमा सोमबार बिहान थप ५ वटा शव फेला पारिएको हो ।



    हराइरहेका ४ जनाको खोजी जारी छ । पोखरा–७ घारीपाटन र पोखरा– १५ नयाँगाउँस्थित सेती नदीको खोचको अफ्ठ्यारो स्थानमा जहाज दुर्घटना भएकाले खोजी र उद्धारमा केही समस्या परेको हो ।



    भेटिएका सबै शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । अहिले शवको पहिचानको काम भइरहेको छ । पोष्टमार्टम पछि शव आफन्तको जिम्मा लगाइनेछ । शव जिम्मा लगाउन शव बाहन र एम्बुलेन्स तयार पारिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार