Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

इन्टरनेट कार्यालयको कर्मचारी हुँ भन्दै चोरी गर्ने एक जना पक्राउ

भक्तपुर । इन्टरनेट कार्यालयको कर्मचारी भन्दै चोरी गर्ने एक जना पक्राउ परेका छन्। भक्तपुरमा इन्टरनेट कार्यालयको मान्छे भन्दै घरभित्र पसेर चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका-८ भीमढुंगा बस्ने वर्ष ३२ का विष्णुप्रसाद जोशी रहेका छन् ।

टिभी र नेटवर्कको सर्भिस दिने ग्राहक वितरण केन्द्रबाट उनले ६ लाख बराबरको हुवाई स्वीच एक थान, दुई लाख बराबरको एसएफपी कनेक्टर १६ थान र १० हजार बराबरको प्याचकार्ड चोरी गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।

उनलाई डेरा गरी बस्ने भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ३ गठ्ठाघर चोकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077