Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गण्डकीको उपसभामुख निर्वाचनअघि शोक प्रस्ताव पारित गरिने

पोखरा । गण्डकी प्रदेशको उपसभामुख निर्वाचनअघि शोक प्रस्ताव पारित गरिने भएको छ ।

संसद सचिवालयका अनुसार पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरुको सम्झनामा शोक प्रस्ताव पारित गर्न लागिएको हो ।

शोक प्रस्ताव पारित भएपछि उपसभामुखको निर्वाचन प्रक्रिया सुरु हुनेछ । उपसभामुखका लागि नेकपा एमालेवाट बाग्लुङकी बिनाकुमार थापा तथा कांग्रेसबाट लम्जुङकी पार्वती तामाङले उम्मेदवारी दर्ता गराएका छन ।

पोखरा विमान दुर्घटनामा सरकारले राष्ट्रिय शोक घोषणा गरेपछि मधेस प्रदेश र सुदुरपश्चिम प्रदेशको सभा स्थगित भएको थियो । तर, उपसभामुख चयन गर्नुपर्ने समयसीमाको संवैधानिक बाध्यताका कारण गण्डकीमा उपसभामुख चयन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077