Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • पोखरा विमान दुर्घटना : पोस्टमार्टमका लागि २५ शव काठमाडौं ल्याइयो

    पोखरा विमान दुर्घटना : पोस्टमार्टमका लागि २५ शव काठमाडौं ल्याइयो

    अनलाइन नेपाल
  • मंगलबार, ३ माघ २०७९
  • 471
    SHARES

    काठमाडौं। पोखरामा आइतबार यती एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकामध्ये २५ वटा शव काठमाडौं ल्याइएको छ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले अहिलेसम्म ७० जनाको शव फेला परेकोमध्ये २२ वटा शव सनाखत गरी पोखरामै बुझाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।



    उक्त शव काठमाडौं शिक्षण अस्पतालबाट पोस्टमर्टम गरी आफन्तलाई बुझाइने प्राधिकरणले जनाएको छ। शव काठमाडौं ल्याउन सोमबार सेनाको हेलिकप्टर पोखरा पुगेको थियो। ७२ जना दुर्घटनामा परेकोमा ७० जनाको शव भेटिएको छ



    यसअघि महाराजगञ्ज स्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानमा अवतरण हुन नसकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्केिएको थियो । विमानस्थलबाट शव त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । पहिचान हुन नसकेका थप २३ शव स्काई ट्रकमा काठमाडौं पठाउन लागिएको छ ।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार