Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

परराष्ट्रमन्त्री पौडेलद्धारा पदभार ग्रहण, भनिन् - राजदूतावासलाई नेपालीको घरजस्तै बनाउँछु

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा.विमला राई पौडेलले मन्त्रालयको पदभार ग्रहण गरेकी छन् ।

सपथग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पौडेलले मन्त्रालयबाट प्रवाह हुने सेवालाई प्रभावकारी तुल्याउने आफ्नो पहिलो प्राथमिकता रहेको बताएकी हन् ।

मन्त्री पौडेलले विदेशी कुटनीतिक नियोगहरुसँगको सहकार्य रहने उल्लेख गरिन् । नेपालको हितमा सम्झौता नगरिकन आफूले विदेशी कुटनीतिक नियोगहरुसँग समन्वय गर्ने उनले बताइन् ।

यस्तै नेपालका विभिन्न देशमा रहेका राजदूतावासहरुमा नेपालीहरुको सहस पहुँच बनाउने मन्त्री पौडेलले बताइन् । मन्त्री पौडेलले आफू आउनासाथ सबै नीति फेर्नेतिर नलाग्ने पनि बताइन् ।

उनले असंलग्न परराष्ट्रनीति अनुसार अघि बढ्ने उल्लेख गरिन् । नेपालको सीमा विवादहरुका विषयमा भने अहिल्यै बोल्नु हतार हुने उनले प्रतिक्रिया दिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077