Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

लुम्बिनीको उपसभामुखमा केसी निर्विरोध निर्वाचित

दाङ । लुम्बिनी प्रदेशको उपसभामुखमा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएकी राप्रपाकी मेनुका खाण केसी निर्विरोध निर्वाचित भएकी छिन् ।

अन्तिम समयमा नेपाली कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मला देवी थारुले उम्मेदवारी फिर्ता लिएपछि खाण निर्विरोध भएकी हुन् ।

प्रदेश सभाको तेस्रो बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य डिल्लीराज भुसालले खाणलाई उपसभामुखमा निर्विरोध भएको घोषणा गरेका छन् ।

८७ सदस्यीय प्रदेशसभामा सत्तारुढ गठबन्धनमा ५८ सांसद छन् । प्रदेशसभामा एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४-४, जसपा, जनमत, लोसपाका ३-३ र दुई स्वतन्त्र सांसद सत्ता गठबन्धनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077