Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शहरी विकास मन्त्री पाण्डेद्धारा पदभार ग्रहण,झोलुंंगे पुल निर्माण गर्ने पहिलो निर्णय

काठमाडौं । शहरी विकास मन्त्री बिक्रम पाण्डेले पदभार ग्रहण गर्दै झोलुंंगे पुल निर्माण गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् ।

नदी तर्नका लागि हरेक आधा घण्टामा झोलुंगे पुल निर्माण ३ वर्षभित्र गरिसक्ने निर्णमा हस्ताक्षर गरेका हुन् ।

मन्त्रालयले मन्त्री पाण्डेको पहिलो निर्णयका लागि दुईवटा फाइल तयार पारेको थियो । अर्को प्रस्ताव सातवटै प्रदेशको राजधानीको गुरुयोजना बनाउने सम्बन्धी थियो ।

तर पाण्डेले झोलुंगे पुलको प्रस्तावलाई आफ्नो पहिलो निर्णय बनाए । उनले पहिलो निर्णयमा हस्ताक्षर गर्दा पण्डितले मन्त्र वाचन गरेका थिए ।

पहिलो निर्णयमा हस्ताक्षर गरेपछि मन्त्री पाण्डेले यो मन्त्रालयको समस्या आफूलाई थाहा भएकाले काम गर्न सहज हुने बताए । उनले हुन नसकेको काम छिटो भन्दा छिटो अगाडि बढाउने र नयाँ योजना थप गर्दै लैजाने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077