Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेश सभा उपसभामुखका लागि २ जनाको उम्मेदवारी

धनगढी । सुदूरपश्चिम प्रदेश सभाकाे उपसभामुखका लागि दुई जनाकाे उम्मेदवारी परेकाे छ।

प्रदेशको उपसभामुखको लागि सत्ता गठबन्धनबाट एमालेकी कोइलीदेवी चौधरीले उम्मेदवारी दर्ता गरेकी छन्।

यस्तै नेकपा एकीकृत समाजवादीबाट माया पन्त उपसभामुखका लागि उम्मेदवार भएकी हुन्।

यहाँ सत्तारूढ गठबन्धनबाट नागरिक उन्मुक्ति पार्टीको भागमा परेको उपसभामुख परेकाे थियाे।

तर, नागरिक उन्मुक्तिले तत्काल सरकारमा सहभागी नहुने र उपसभामुख पनि नलिने भनेपछि एमालेबाट उम्मेदवार बनाइएको हो

आजै सुदूरपश्चिम प्रदेशको सभामुखमा माओवादीका भीम भण्डारी निर्वाचित भइसकेका छन् । आजै उपसभामुखको पनि निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077