Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • यती एयर दुर्घटना : दुर्घटनास्थलबाट ३ सय मिटर तल एउटा शव भेटियो

    यती एयर दुर्घटना : दुर्घटनास्थलबाट ३ सय मिटर तल एउटा शव भेटियो

    अनलाइन नेपाल
  • मंगलबार, ३ माघ २०७९
  • 534
    SHARES

    काठमाडौं । पोखरामा भएको यती एयरको विमान दुर्घटनामा परेका थप एक जनाको शव भेटिएको छ ।

    दुर्घटनास्थलबाट ३०० मिटर तल सेती नदीमा महिलाको शव भेटिएको हो ।  यो सँगै दुर्घटनामा परेका ७१ जनाको शव भेटिएको कास्की प्रहरीले जनाएको छ ।



    मंगलबार बिहानैबाट गोताखोर र ४ वटा ड्रोनको प्रयोग गरेर खोजी थालिएको थियो । ७२ जना चढेको विमान दुर्घटनामा परेका एकजनाको अवस्था अज्ञात छ ।



    सेतीको पानी घटाएर विमान दुर्घटनामा परी बेपत्ता रहेका एकजनाको खोजी भइरहेको प्रहरीले बताउको छ

    । सेती नदीको पानीलाई याम्दीको पुलबाट सिँचाइका लागि बनाइएको नहरमा हालिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार