Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • स‍र्वदलीय बैठकमा कांग्रेस र एमालेबीच घोचपेच, ओलीले भने – राष्ट्रपतिमा आश नगर्नू

    स‍र्वदलीय बैठकमा कांग्रेस र एमालेबीच घोचपेच, ओलीले भने – राष्ट्रपतिमा आश नगर्नू

    अनलाइन नेपाल
  • मंगलबार, ३ माघ २०७९
  • 567
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई राष्ट्रपतिको आश नगर्न भनेका छन् ।

    मंगलबारको बालुवाटारको सर्वदलीय बैठकमा ओलीले कांग्रेस नेताहरूलाई राष्ट्रपतिको आश नगर्न भनेका हुन् ।



    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको स‍र्वदलीय बैठकमा नेपाली कांग्रेस र एमालेबीच घोचपेच भएको थियो । “विश्वासको मत दिने अनि प्रतिपक्षको हैसियत खोज्ने,” ओलीको भनाई थियो, “राष्ट्रपतिमा आश पनि नगर्नू ।”



    एमाले अध्यक्ष ओलीले सरकारलाई विश्वासको मत दिइसकेपछि कांग्रेसले आफूलाई प्रतिपक्ष भन्न नपाउने बताएका थिए ।

    जवाफमा कांग्रेस नेता रमेश लेखकले राष्ट्रपतिमा बुझाएको हस्ताक्षरमा आफूहरु नरहेको हुँदा प्रमुख प्रतिपक्षको हैसियतमा आफूहरु रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार