Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुदूरपश्चिमको उपसभामुखमा एमालेकी चौधरी निर्वाचित

कैलाली । सुदूरपश्चिम प्रदेशका उपसभामुखमा एमालेकी कोइली देवी चौधरी निर्वाचित भएकी छन् ।

कैलालीबाट समानुपातिकबाट प्रदेशसभा सदस्य भएकी एमालेकी चौधरी मंगलबार भएको मत विभाजनबाट उपसभामुखमा चयन भएकी हुन् ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा उनले २८ मत पाएकी थिइन् । ५३ जना मध्ये एक सभामुख बाहेक अन्य सबैले मत दिएका थिए ।

चौधरीले एमालेको १०, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाको १ मत पाइन् । उपसभामुखको अर्को उम्मेदवार नेकपा एकीकृत समाजवादी माया पन्तले २३ मत पाएकी थिइन् ।

पन्तले कांग्रेसको १९, नेकपा एकीकृत समाजवादीको ४ र स्वतन्त्रको १ मत पाइन् । आजै बिहान माओवादी केन्द्रका भीम भण्डारी पनि सभामुखमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077