Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मातहतका मन्त्रीले भ्रष्टाचार गरेपछि भियतनामका राष्ट्रपतिले दिए राजीनामा

एजेन्सी । भियतनामका राष्ट्रपति नुएन सुआन फुकले राजीनामा दिएका छन् ।

फुक प्रधानमन्त्री छँदा उनी मातहतका अधिकारीहरुले भ्रष्टाचार गरेको कुरा पुष्टि भएपछि उनले राजीनामा दिएका हुन् ।

उनलाई कम्युनिस्ट पार्टीको उपल्लो पदहरुबाट समेत हटाइएको छ । ६८ वर्षीय फुक अप्रिल २०२१ मा संसदबाट राष्ट्रपति चुनिएका थिए ।

त्यसअघि उनी प्रधानमन्त्री थिए । यसअघि दुई पूर्व उपप्रधानमन्त्री र तीन मन्त्रीहरुले कोभिड व्यवस्थापनका क्रममा घुस खाएको स्वीकार्दै राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077