Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नक्कली प्रहरी बनेर लुटपाट गर्ने ६ जना सक्कली प्रहरीको फन्दामा

महोत्तरी । नक्कली प्रहरी बनेर लुटपाट गर्ने ६ जना पक्राउ परेका छन् ।

जिल्लाको बर्दिबास नगरपालिका वडा नं ०४ स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डदेखि चेरु माईस्थान जङ्गलमा सर्लाही हरिवन बस्ने राहुल महतोलाई लुटपाट गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा महोत्तरी बर्दिबास९१४ बस्ने २२ वर्षीय नीरज साह सोनार, वर्ष २२ को नै गुड्डु भन्ने पप्पु साह, २३ वर्षीय सन्दीप लामा, २० वर्षीय सनम मगर, वडा नं १२ चल्कीटोल बस्ने २२ वर्षका शैलेन्द्र राउत र धनुषा जनकपुर उपमहानगरपालिका ७ जिरोमाईल बस्ने १९ वर्षीय दीपक राउत छन् ।

पीडितको अनुसार २८ माघमा चेरुस्थित एकान्त जङ्गलमा पुर्‍याएर सिआइडीको बहानामा नगद, मोबाइल र क्यामरा लुटपाट भएको भएको थियो ।

उजुरीको आधारमा नै आरोपित उक्त ६ जनालाई बर्दिबास नगर क्षेत्रको विभिन्न ठाउँबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौरिडाडाका कार्यालय प्रमुख रवि रावलले जानकारी दिए । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077