Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

दिल्लीमा पहिलो पटक कोभिड–१९ को संक्रमण झर्‍यो शून्यमा

एजेन्सी । भारतको राजधानी दिल्लीमा कोभिड–१९ को संक्रमण शून्यमा झरेको छ ।

पछिल्लो २४ घण्टाको विवरण अनुसार कुनै पनि नयाँ सङ्क्रमित फेला नपरेका हुन् ।

सन् २०२० को मार्चमा महामारी शुरु भएदेखि दिल्लीमा सङ्क्रमण शून्यमा झरेको यो पहिलो पटक हो । दिल्लीमा रहेको स्वास्थ्य विभागले जारी गरेको स्वास्थ्य बुलेटिनअनुसार कोभिड–१९ पाजेटिभ दर शून्य प्रतिशत रहेको छ ।

नयाँ सङ्क्रमित नभेटिए पनि त्यहाँ सक्रिय सङ्क्रमितको संख्या १० जना रहेको समाचार संस्था एएनआईले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077