काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ ।
आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३७५ रुपैयाँ कायम भएको छ।