Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बागलुङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

बागलुङ । बागलुङको बागलुङ नगरपालिका वडा नम्बर ८ सिगानामा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

टिपर चालक मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका–१४ का ४३ वर्षीय राजु मोक्तानको घटनास्थलमै मृत्यु भएको हो ।

बागलुङ नगरपालिका वडा नम्बर ८ सिगानादेखि वडा नम्बर ३ काँठेखोला आउँदै गरेको बा २ क ९२५८ नम्बरको खाली टिपर अनियन्त्रित भइ सिगानाको शेरामा सडकबाट अन्दाजी २ सय मिटर तल खसेको थियो।

बागलुङ–बरेङ सडक खण्ड निर्माणमा संचालन भइरहेको टिपर निर्माण सामाग्री छाडेर फर्किदै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077