Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनका राजदूतबीच भेट

    राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनका राजदूतबीच भेट

    अनलाइन नेपाल
  • बुधबार, ४ माघ २०७९
  • 579
    SHARES

    काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि चीनका नवनियुक्त राजदूत छन् सुङले शिष्टाचार भेट गरेका छन्।

    चीनको २२औं राजदूतका रुपमा नेपाल आएका सुङले बुधबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भेटघाट गरेका हुन्।



    भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाकालदेखि घनिष्ठ रहेको उल्लेख गर्दै पछिल्लो समय थप प्रगाढ, सुमधुर र रचनात्मक बन्दै गएकोमा खुशी लागेको बताए।



    अध्यक्ष तिमिल्सिनाले मित्रराष्ट्र चीनले हासिल गरेको निरन्तरको प्रगतिप्रति नेपालले प्रशंसा व्यक्त गर्दै आएको उल्लेख गरे।

    उनले चीन र नेपालबीच भएका उच्चस्तरीय भ्रमण र अन्य अवसरहरुमा भएका बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई), पारवहान लगायत सम्झौता कार्यन्वयन हुने विश्वास व्यक्त गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार