Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले भने – समृद्धिका लागि नेताहरूले राम्रो काम गर्न सकेनन्

    राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले भने – समृद्धिका लागि नेताहरूले राम्रो काम गर्न सकेनन्

    अनलाइन नेपाल
  • मंगलबार, १९ मंसिर २०८०
  • 567
    SHARES

    काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेताहरुले मुलुकको समृद्धिका लागि राम्रो काम गर्न नसकेको बताएका छन्।

    मंगलवार काठमाडौंमा आयोजित बाल क्लबका पूर्व सदस्यहरूको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताएका हुन् ।



    व्यवस्था परिवर्तनमा ठूलो त्यागसहितको संघर्ष गरेका नेताहरुले मुलुकको समृद्धिका लागि भने राम्रो काम गर्न नसकेको उनले बताए।



    अध्यक्ष तिमिल्सिनाले भने,‘व्यवस्था परिवर्तनमा तपाईंहरूको महत्वपूर्ण योगदान रह्यो। तर समृद्धिका लागि तिमीहरुले राम्रो काम गर्न सकेनौं। अब समृद्धिको खाका हामीसँग छन् भनेर युवा पुस्ताले हस्तक्षेप गर्नुपर्‍यो।’

    उनले युवा पुस्तालाई मुलुकको सुशासन र समृद्धिको लागि संघर्ष गर्न पनि आग्रह गरे। अघिल्लो पुस्ताका नेताहरुले व्यवस्था परिवर्तनका लागि गरेको संघर्षप्रति उनले धन्यवाद दिए।

    युवाहरू विदेश जानै हुन्न भन्ने पक्षमा आफू नरहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले त्यहाँको सीप, ज्ञान र अनुभवलाई लिएर राष्ट्र निर्माणका लागि स्वदेशमै फर्कनुपर्ने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार