Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • संसद्‌ जनताका सवाल उठाउने र कानुन निर्माण गर्ने थलो हो : गणेशप्रसाद तिमिल्सिना

    संसद्‌ जनताका सवाल उठाउने र कानुन निर्माण गर्ने थलो हो : गणेशप्रसाद तिमिल्सिना

    अनलाइन नेपाल
  • मंगलबार, ८ फाल्गुन २०८०
  • 324
    SHARES

    काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र इन्टर पारिस, पार्लियामेन्ट इन पार्टरनसिपका प्रमुख जोनाथन मफीबीच शिष्टाचार भेट भएको छ ।

    मफीको नेपाल भ्रमणका अवसरमा उनीहरुबीच मंगलबार सिंहदरबारस्थित कार्यकक्षमा भेटवार्ता भएको हो ।



    भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले संसद्‌ जनताका सवाल उठाउने र कानुन निर्माण गर्ने थलो भएकाले यसलाई प्रभावकारी बनाउन सक्दा प्रजातन्त्र बलियो बने बताए ।



    उनले सरकारलाईं कसरी संसद् र जनताप्रति उत्तरदायी बनाउन सकिन्छ भन्ने कुरामा इयुबाट सहयोग हुने अपेक्षा व्यक्त गरे।

    भेटमा प्रमुख मर्फीले प्रजातन्त्र नै युरोपेली संसद्को‌ गहना भएको बताउँदै नेपालको संसद्‌सँग प्रजातान्त्रिक पद्धति बलियो बनाउने उल्लेख गर्दै आगामी दिनमा आवश्यकताका आधारमा दुई पक्षीय सहयोगका विषयमा सहकार्य गर्दै जान सकिने बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार