Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • अध्यक्ष तिमिल्सिना र आयरल्याण्डको सिनेटका अध्यक्ष बुटिमेरबीच भेटवार्ता, के भयो कुराकानी ?

    अध्यक्ष तिमिल्सिना र आयरल्याण्डको सिनेटका अध्यक्ष बुटिमेरबीच भेटवार्ता, के भयो कुराकानी ?

    अनलाइन नेपाल
  • शुक्रबार, १० कार्तिक २०८०
  • 507
    SHARES

    काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डका माथिल्लो सदन सिनेटका अध्यक्ष जेरी बुटिमेरबीच भेटवार्ता भएको छ ।

    अन्तर ब्यवस्थापिका संघ (आइपीयू) को १४७ औं महासभाका क्रममा एङ्गोलाको संसद भवनमा बिहीबार भेटवार्ता भएको हो ।



    भेटवार्ताका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र आयरल्याण्डबीचको सम्बन्ध प्रगाढ बनाउन दुई देशका संसद र संसदहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले दुई देशकाबीचमा यसअघि भएका भ्रमणको स्मरण गर्दै आगामी दिनमा हुने भ्रमणले सम्बन्ध प्रगाढ बनाउने विश्वास समेत व्यक्त गरे ।



    भेटवार्ताका क्रममा आयरल्याण्डका माथिल्लो सदन सिनेटका अध्यक्ष जेरी बुटिमेरले दुवै देशले साझा मुद्दाहरूमा आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने विश्वास ब्यक्त गर्दै आगामी दिनमा साझा सहकार्य बढाउने प्रतिबद्धता पनि जनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार