Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आणविक हतियारमा भइरहेको खर्च विवेकहीन, यो जायज छैन : अध्यक्ष तिमिल्सिना

    आणविक हतियारमा भइरहेको खर्च विवेकहीन, यो जायज छैन : अध्यक्ष तिमिल्सिना

    अनलाइन नेपाल
  • बुधबार, ८ कार्तिक २०८०
  • 906
    SHARES

    काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आणविक हतियार निर्माण र त्यसको जथाभावी प्रयोग विवेकहीन काम भएको बताएका छन् ।

    एङ्गोलाको लुवाण्डामा आयोजित अन्तर व्यवस्थापिका संघ (आईपीयु) को १४७ औं महासभालाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताएका हुन् ।



    उनले मानव जातिले शान्ति र न्यायको लागि नभई शक्ति प्राप्तिको लागि मानव जातिकै संहार हुने गरी सैन्य, सामरिक र आणविक अश्त्रमा सबैभन्दा धेरै खर्च गरेको विषय जायज हुन नसक्ने बताए ।



    ‘विज्ञान र प्रविधिको विकास सुन्दर पृथ्वी र मानवजातिको हित र न्यायका लागि हुनुपर्नेमा क्षणभरमा मानवजाति मात्र हैन पृथ्वीको नै आस्तित्व समाप्त हुने गरि आणविक शस्त्रअश्त्र निर्माणमा प्रयोग भइरहेको छ, जुन विवेकहीन कार्य हो, यो जायज छैन’ उनल भने, ‘शक्ति सम्पन्न राष्ट्रले गरिब र कमजोर राष्ट्रहरूमाथि विभिन्न बहानामा गर्ने आक्रमण थिचोमिचो र दमन शान्ती र न्यायको लागि खतरा बनेको छ। तसर्थ हाम्रा प्रयासहरू शस्त्रास्त्र उत्पादन, प्रयोग र युद्धको लागि सैन्य शक्तिमा गरिने खर्च ठूलो मात्रामा कटौती गरेर न्याय र शान्तीको लागि खर्च गर्ने वातावरण निर्माण गर्ने तर्फ केन्द्रित हुनुपर्छ।’

    यस्तै उनले नेपालको संघीय संसदले दिगो विकास लक्ष्यलाई केन्द्रविन्दुमा राखेर अघि बढेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार