Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपप्रधानमन्त्री लिङ्देन र एनआरएनएका पदाधिकारीबीच भेटवार्ता

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङदेनसँग गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीहरूले भेट गरेका छन् ।

बुधबार दिउँसो सिंहदरबारस्थित लिङ्देनकै कार्यकक्षमा पुगेर एनआरएनएका अध्यक्ष रविना थापा, संस्थापक अध्यक्ष उपेन्द्र महतोलगायतका पदाधिकारीहरूले भेट गरेका हुन् ।

गैरआवासीय नेपाली संघले नेपालमा लगानी भित्र्याउन आफूहरू तयार रहे पनि त्यसको सुरक्षाको प्रत्याभूति हुन नसकेको गुनासो सरकारसँग गर्दै आएको छ ।

आफूहरूको सरोकारबारे सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन नवनियुक्त मन्त्रीहरूसँगको भेटवार्ता पनि सुरु गरिएको एनआरएनएले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077