Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चारमन्त्री शर्मालाई

    सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चारमन्त्री शर्मालाई

    अनलाइन नेपाल
  • बुधबार, ४ माघ २०७९
  • 480
    SHARES

    काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले पाएकी छन् ।

    मन्त्रिपरिषदको बुधबार बसेको बैठकले मन्त्री शर्मालाई सरकारको प्रक्ताको जिम्मेवारी दिएको हो ।



    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्दै शर्मालाई सञ्चारमन्त्रीको जिम्मेवारी दिएका थिए ।



    तर उनको स्वास्थ्य समस्या भएकाले आजको बैठकको निर्णय भने उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सुनाएका थिए ।

    सञ्चारमन्त्री नै सरकारको प्रवक्ता हुने प्रचलन छ । मन्त्री शर्मा हिजो मंगलबार मात्र मन्त्री नियुक्त भएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार