Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कांग्रेसले राजनीतिक पूर्वाग्रह राख्यो, प्रतिशोध साँध्न सदन अवरोध गर्‍यो : मन्त्री शर्मा

    कांग्रेसले राजनीतिक पूर्वाग्रह राख्यो, प्रतिशोध साँध्न सदन अवरोध गर्‍यो : मन्त्री शर्मा

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 546
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरुद्ध पारेर राजनीतिक प्रतिशोध साँधेको सरकारले आरोप लगाएको छ ।

    सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक पूर्वाग्रह राखेर कांग्रेसले सदन अवरोध गरेको आरोप लगाएकी हुन् ।



    मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै उनले नयाँ सरकारलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरिन् । ‘काम गर्न सकेन भने आफैं सरकारबाट बाहिरिनुहुन्छ। तर, प्रमुख प्रतिपक्षी दल कांग्रेसले राजनीतिक पूर्वाग्रह राखेर, राजनीतिक प्रतिशोध साँध्न सदन अवरोध गर्‍यो,’ उनले भनिन् ।



    सदनलाई मर्यादित र प्रभावकारी बनाउने जिम्मा सरकारको रहेको भन्दै सदन सञ्चालनमा सहयोग गर्न कांग्रेसलाई उनको आग्रह छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार