Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मन्त्रीको गाडी जलाइनु अराजकता हो : सञ्चारमन्त्री शर्मा

    मन्त्रीको गाडी जलाइनु अराजकता हो : सञ्चारमन्त्री शर्मा

    अनलाइन नेपाल
  • शुक्रबार, १३ पुष २०८०
  • 537
    SHARES

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बालकुमारीमा मन्त्रीको गाडी जलाइनु अराजकता भएको टिप्पणी गरेकी छिन् ।

    बिहीबार मन्त्रालयमा मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सार्वजनिक गर्ने क्रममा बोल्दै मन्त्री शर्माले सो टिप्पणी गरेकी हुन् ।



    उनले बालकुमारीस्थित भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी आन्दोलनकारीहरुबाट जलाइनु अराजकता भएको टिप्पणी गरिन् ।



    मन्त्री शर्माले घटनामा मानिसहरुको मृत्यु समेत भएको उल्लेख गर्दै सो घटना गलत र दुःखद् भएको बताइन् । यसप्रकारको अराजकतालाई कसैले पनि प्रश्रय दिनु नहुने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार