Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

८६ वटा सवारी चालक अनुमतिपत्र निलम्बन गर्न ट्राफिकले पठायो यातायात विभाग

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघन गर्ने ८६ जना सवारी चालकहरूको सवारी चालक अनुमति पत्र निलम्बनका लागि पठाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियमहरू पाँच पटकभन्दा बढी उल्लंघन गरेको पाइएकाले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको हो ।

निलम्बनका लागि पठाइएका सवारी चालक अनुमतिपत्रमध्ये एकजना २९ पटकसम्म ट्राफिक नियम उल्लंघन गरेको पाइएको छ ।

ट्राफिक नियम उल्लघंन गरीरहने चालकहरूबाट नै धेरैजसो सवारी दुर्घटना हुने गरेकाले सुरक्षित यात्राका लागि ट्राफिक नियम उल्लंघन नगरी सवारी साधन चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077