काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ४ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार स्थिर रहेर एक लाख ४ हजार ५ सय रूपैयाँमै कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख ४ हजार रूपैयाँमै कारोबार भइरहेको छ ।
यसैगरी चाँदीको मूल्य भने घटेको छ । बिहीबार चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको तुलनामा आज चाँदी प्रतितोला २० रुपैयाँ घटेको हो ।