Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

हत्या अभियोग लागेका कोइरी संसदमै, कांग्रेसले माग्यो गृहमन्त्रीसँग जवाफ

काठमाडौं । हत्या अभियोगमा प्रहरीको खोजी सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरी संसद् बैठकमा सहभागी भएपछि कांग्रेसले गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री रवि लामिछानेसँग जवाफ माग गरेका हुन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा समय लिएर बोलेका सांसद खतिवडाले भने, ‘आज सभामुख निर्वाचन हुँदैछ। निर्वाचन हुने बेला हत्याको अभियोग लागेका सांसद पनि यही संसदभित्र छन् भन्ने सुनिन आएको छ। गृहमन्त्रीलाई अनुरोध गर्न चाहन्छु उहाँ यहाँ हुनुहुन्छ कि हुनुहुन्नरु हामी चिन्दैनौं।’

उनले हत्या अभियोग लागेका सांसद संसदमा भए मतदान प्रक्रियामा भाग लिन पाउने वा नपाउने निर्णय गरेर मात्रै सभा सञ्चालन गर्न माग गरेका थिए।

महोत्तरी १ बाट निर्वाचित नेकपा एमालेका सांसद लक्ष्मी कोइली महतोमाथि मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्यासम्बन्धी अभियोग छ।

उनलाई उच्च अदालतले थुनामा राख्न आदेश दिएको थियो। गृहमन्त्री लामिछानेले पटक-पटक सांसद महतोलाई पक्राउ गरिने बताइरहेका छन् तर उनी पक्राउ भएका छैनन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077