Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

क्रसर उद्योग सञ्‍चालनमा देखिएको समस्या छिट्टै समाधान हुने मन्त्री पाण्डेको भनाइ

काठमाडौं । सहरी विकास मन्त्री विक्रम पाण्डेले निर्माण उद्योगमा देखिएको समस्याबारे आफू जानकार रहेको बताएका छन्।

धमाधम क्रसर उद्योग बन्द हुन थालेपछि आफूलाई भेट्न आएका निर्माण व्यवसायीलाई यसबारे मन्त्रिपरिषद्मा सकारात्मक छलफल भएको जानकारी दिँदै समस्या समाधान गर्ने आश्वासन दिएका हुन्।

निर्माण उद्योगको पछिल्ला समस्या अवगत गराउन पुगेको नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको बिहीबार बिहानको भेटमा मन्त्री पाण्डेले क्रसर उद्योगको समस्या चाँडै समाधान हुने बताए।

निर्माण व्यवसायीहरूलाई कुनै गल्ती नगरी निर्भीक भएर काम गर्ने वातावरण बनाउने प्रतिबद्धता पनि मन्त्री पाण्डेले व्यक्त गरे।

महासंघ प्रतिनिधिमण्डलमा वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी),महासचिव रोशन दाहाल, महासंघका कार्यालय प्रमुख प्रेम सिंह ऐर र उपनिर्देशक आसित अधिकारीपनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077