Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

थोत्रा जहाज सञ्चालक र उडान अनुमति दिनेमाथि छानबिन गरौं : सिके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले थोत्रा जहाज सञ्चालन गर्ने सञ्चालक र उडान अनुमति दिनेलाई पक्राउ गरी छानबिन गर्न माग गरेका छन्। बिहीबा र प्रतिनिधि सभा बैठकमा बोल्दै राउतले सञ्चालक र उडान अनुमति दिनेलाई पक्राउ गर्न आग्रह गरेका हुन् ।

उनले मोटरसाइकल दुर्घटना हुँदा चालकलाई हिरासतमा लिई अनुसन्धान थाल्ने प्रहरीले जहाज दुर्घटना हुँदा किन सञ्चालक र उडान अनुमति दिनेलाई पक्राउ नगरेको हो भन्ने प्रश्न उठाए।

राउतले गृहमन्त्री रवि लामिछानेलाई थोत्रा जहाज सञ्चालन गर्ने सञ्चालक र उडान अनुमति दिनेलाई पक्राउ गर्न आग्रह गरे।

उनले भने, ‘पुरानाभन्दा पुराना थोत्रा जहाज ल्याएर सञ्चालनमा ल्याउने सञ्चालक, अनुमति दिने टोली र उडान अनुमति दिने टोलीलाई पक्राउ गरी छानबिन गर्न कुनचाहिँ विधि र प्रक्रियाले रोकेको छ? या त भन्नुपर्‍यो- सानालाई ऐन र ठूलालाई चैन!’

उनले गृहमन्त्री लामिछानेलाई यस विषयलाई गम्भीरतासाथ लिन र छानबिन गर्न माग पनि गरेका छन्। गत आइतबार पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटना भएको थियो। चालक दलकासहित उक्त जहाजमा ७२ जना थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077