Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

वर्षमान पुनलाई भेट्न सुमेरु अस्पताल पुगे ईश्वर पाेखरेल

काठमाडौ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सुमेरु अस्पतालमा उपचार गराइरहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनकाे स्वास्थ्य अवस्था बुझेका छन्।

बिहीबार दिउँसाे नेता पाेखरेलले ललितपुरस्थित सुमेरु अस्पताल पुगेर स्वास्थ्य अवस्था बुझेका हुन्। उनले वर्षमानकाे स्वास्थ्यलाभकाे कामना पनि गरेका छन्।

वर्षमान केही समयदेखि सुमेरू अस्पतालमा उपचार गराइरहेका छन् । उपमहासचिव पुन लामो समयदेखि जण्डिसबाट पीडित छन्।

नेता वर्षमानकाे स्वास्थ्यमा सुधार आइरहेकाे र केही दिनमै डिस्चार्ज हुने अस्पताल स्राेतले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077