Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

लुम्बिनी प्रदेशसभाको बैठक केही समयका लागि स्थगित

रुपन्देही । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा दलहरुबीच सहमति जुटन नसक्दा केही समय बसेर स्थगित भएको छ ।

नागरिक उन्मुक्ति पार्टीको तर्फबाट प्रदेशसभामा संसदीय दलका नेता धर्मबहादुर चौधरीले विशेष समय लिएर बोलेका थिए ।

उनले सरकारले आफ्नो पार्टीले उठाउँदै आएको मागमा गम्भीरता नदेखाएको गुनासो गरे ।

उनले नागरिक उन्मुक्ति पार्टीले उठाएका मुद्दामध्ये टीकापुर घटना राजनीतिक विषय भन्नेमा निर्वाचनबाट जनताले अनुमोदन गरेको बताए ।

प्रदेशसभाको विशेष समयमा बोल्दै उनले प्रदेशसभाको बैठक स्थगित गरी सहमति खोज्न आग्रह गरे ।

त्यसपछि प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले १५ मिनेटका लागि स्थगित गरिएको घोषणा गरेका छन् । आजको बैठकमा मुख्यमन्त्री लीला गिरीले विश्वासको मत लिने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077