Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस सांसद चन्द्र भण्डारीले भने- सभामुखमा भएन अब राष्ट्रपतिको मिसन सुरु हुन्छ

काठमाडौं । नेपाली कांग्रेसमा सांसद चन्द्र भण्डारीले सत्ता गठबन्धन टुटाउन कांग्रेस लाग्नु स्वभाविक भएको बताएका छन्।

बिहीबार संघीय संसद भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै भण्डारीले यस्तो बताएका हुन् ।

उनले भने, ‘हामी चार वटा पार्टी गठबन्धनमा भएका थियौं। सरकार बनाउने बेलामा त्यो टुट्यो। आफ्नो पक्षको गठबन्धन टुटेपछि अर्को पक्षको गठबन्धन टुटाउन लागिरन्छ त्यो निरन्तर प्रक्रिया हो । मिसन सभामुख थियो त्यो भएन अब मिसन राष्ट्रपतिमा हुन्छ।’

प्रतिनिधि सभाको सभामुखमा सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरे निर्वाचित भएपछि सभामुखमा गठबन्धन टुटाउने प्रयास सफल नभएपछि अब राष्ट्रपतिको निर्वाचनको मिसनमा लाग्ने बताए।

सभामुख चुनाव जित्ने मिसन सफल नभए पनि राष्ट्रपतिको चुनाव जित्ने मिसन रहेको उनको भनाइ छ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077