Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रतिनिधिसभामा मेरो निष्पक्ष रुपमा भूमिका हुनेछ : नवनिर्वाचित सभामुख घिमिरे

काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले प्रजातन्त्र सुन्दर अभ्यास भएको र त्यही अभ्यासबाट आफू निर्वाचित भएको बताएका छन् ।

संसद् भवनमा पत्रकारहरूसँग कुरा गर्दै सभामुख घिमिरेले प्रतिनिधिसभामा आफ्नो भूमिका ठिक ढंगले गर्ने योजना रहेको बताए ।

उनले अघि भने,'सभामा मेरो निष्पक्ष रुपमा भूमिका हुनेछ। दलीय व्यवस्थामा दलहरू हुन्छ नै । छलफलबाट र निष्पक्षबाट सभा संचालन गर्नेछु ।’

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा भएको मतदानमा सत्तारुढ दलका साझा उम्मेदवार घिमिरे १६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077