Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सामाजिक सञ्जालबाट ब्ल्याकमेल र ठगी, २ जना साइबर ब्यूरोको फन्दामा

काठमाडौं । सामाजिक सञ्जालबाट डरधम्की दिएको र ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटका १९ वर्षका विवेक आचार्यसहित १७ वर्षका एक जनालाई पक्राउ गरेको हो । १७ वर्ष भन्दा कम उमेरको व्यक्ति भने बालिग नभएका कारण प्रहरीले नाम गोप्य राखेको छ।

उनीहरुले चलचित्र क्षेत्रमा काम गर्नेहरुलाई आफू मोडलिङ क्षेत्रको व्यक्ति हो भन्दै नेपाली गीतहरुको लिंक सेयर गर्न लगाउने, भिडियो कलमा आफू नांगो भई कुरा गर्ने र त्यसको स्क्रिन सट राख्ने र उक्त भिडियो परिवारका सदस्यलाई पठाइदिन्छु भनेर धम्की दिने गरेको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।

त्यस्तै उनीहरुले सामाजिक सञ्जालको एकाउन्टको पासवर्ड मागेर आफैं चलाउने र ब्ल्याकमेल गरी ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई सामाजिक सञ्जालको दुरुपयोग मार्फत ठगी गरेको कसूरमा हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077