Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सोविता गौतम उपसभामुख बन्दै, रास्वपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं । सत्ता साझेदार दलबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोविता गौतमलाई उपसभामुख बनाउने तयारी थालिएको छ ।

सभामुखमा एमालेका देवराज घिमिरे भएपछि उपसभामुखमा रास्वपाकी गौतमलाई बनाउने तयारी गरिएको हो । सोही विषयमा छलफल गर्न रास्वपाले संसदीय दलको बैठक बोलाएको छ ।

बैठक भोलि शुक्रबार बिहान साढे ९ बजे रास्वपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ । सत्तारुढ गठबन्धनबीच उपसभामुख रास्वपाले पाउने सहमति भएको थियो । जस अनुसार रास्वपाको संसदीय दलको बैठकले उपसभामुख हुने व्यक्तिको टुंगो लगाउने छ ।

रास्वपाभित्र सोविता उपसभामुखको दाबेदार छिन् । कानुनका विषयमा जानकार भएकाले गौतमलाई नै उपसभामुख बनाउनपर्ने मत बलियो हुँदै आएको छ । गौतम काठमाडौं २ बाट प्रत्यक्ष निर्वाचित भएकी हुुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077