Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

उपप्रधानमन्त्री लिङ्देन भन्छन् - भ्रष्टाचारीको सामाजिक जीवन ध्वस्त हुने गरी कारबाही गर्छु

काठमाडौं । उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले सरकारमा रहँदा आफूले कुनै किसिमको भ्रष्टाचार र अनियमितता नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका उनले पार्टी केन्द्रीय सचिवालयद्वारा आयोजित पार्टीको तर्फबाट नवनियुक्त उपप्रधानमन्त्री, मन्त्रीहरु, राज्यमन्त्री, प्रदेश सभामुख, प्रदेशमन्त्रीको सम्मान कार्यक्रममा उनले भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरहु भन्ने नारालाई व्यवहारमै प्रमाणित गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

आलोचकले यसलाई नाराको रुपमा बुझेका बताउँदै उनले यो विषय व्यवहारिक रुपमै कार्यान्वयन गर्न र आफूलाई प्रमाणित गर्न हामी सरकारमा सहभागी भएको बताए ।

भ्रष्टाचार गर्नेलाई कारबाही गर्नेमात्र होइन सामाजिक जीवन ध्वस्त हुने गरी कारबाही गर्ने उनलेको चेतावनी छ ।

यस्तै उनले कार्यकर्तालाई सरुवा, बढुवा र नियुक्तिको फाइल लिएर नआउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077